पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहले आफ्नो पिता निश्चल भएको बताइन्

काठमाडौं, २५ जेठ । पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहले टिकटकमा एउटा भिडियो राखेकी छिन् । जसमा उनले आफ्नो परिवारको बारेमा बोलेकी छिन् ।

पूर्णिका शाहले आफ्ना पिता पारस शाहले देशको लागि ठूलो योगदान गरेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘यस्तो गरेको छ कि मेरो बाउले यो देशको लागि ।’ उनले अधिकांश अंग्रेजी वाक्य बोलेकी छिन् । आफ्नो पिता निश्चल भएको बताएकी छिन् ।

आफ्नो पिताले राम्रो कुरा मात्र नदेखाउने र सबै कुरा खुलस्त देखाउने बताएकी छिन् । उनले भनेकी छिन्, ‘मेरो पिताले राम्रो कुरा मात्र देखाउँदैनन्, सबै कुरा देखाउँछन् ।’

भिडियोमा उनले प्याजी रङको कपडा लगाएकी छिन् । आफ्नो हजुरबाबु हजुरआमा र आमाको विषयमा पनि उनले बोलेकी छिन् । उनीहरुले मात्र राम्रो साइड मात्र देखाउने गरेको उल्लेख गरेकी छिन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post