मलेसियामा कार्यरत एक नेपाली मृ'त्यु, राजदुतावासलाई श्रीमतीको पत्र, अझै श'व आउने अ'त्तोपत्तो छैन

वैदेशिक रोजगारीको निम्ति मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपाली श्रमिकको मृ'त्यु भएको छ।

नेपाल ठेगाना बराहक्षेत्र नगरपालिका “५” सुनसरी जिल्ला प्रदेश नम्बर “१” घर भएका ३७ बर्षिय नेपाली श्रमिक होम बहादुर गुरुङको बुधबारको दिन सुतेकै अवस्थामा मृ'त्यु भएको हो।

मृ'तक गुरुङ मलेसियाको भाईपर फोर्स नामक सेक्युरिटी कम्पनीसंग आबद्द रहि बिगत २१ महिनादेखि बैधानिक रुपमै सुरक्षागार्डमा काम गर्दै आएका थिए।

मंगलबारको राती आफू बस्ने रुममा खाना खाएर सुतेको गुरुङ बुधबार बिहान मृ'त् अवस्थामा फेला परेका थिए।

राती सुतेकै बेलामा हृद'यघा'त भएर मृ'त्यु भएको हुनसक्ने आशँका गरिएको छ।

मलेसियाको सेलाङ्गर राज्य स्थित पेटालिङजाया जिल्लामा दामानसारामा काम गर्दै आएका मृतक गुरुङको शवलाई रोजगारदाता कम्पनीसंगको समन्वय,सहयोगमा हाल पोस्टमा'र्टमको लागी अस्पतालमा लगिएको नेपाल तमु समाज मलेसियाको महासचिव दिल त्हार गुरुङले मलाया खबरलाई जानकारी दिनुभयो।

नेपालबाट मृ'तक गुरुङको श्रिमती कमला गुरुङले मलेसिया स्थित नेपाली राजदूतावासको नाममा पत्र पठाएको छ। मलेसियालाई आफ्नो कर्मथलो बनाएर काम गर्दै आएका मेरो श्रिमान होम बहादुर गुरुङको मृ'त्यु भएकोले निजको श'व नेपाल फर्काईदिनुहुनको लागी सो पत्रमार्फत कमला गुरुङले दूतावास समक्ष अनुरोध गरेकी छिन्।

तर मलेसिया क्वालालम्पुरदेखि नेपाल काठमाडौंसम्म हुने अन्तर्राष्ट्रिय हवाई उडान अहिले नेपाल सरकारले ब'न्द गरेको छ। जसले गर्दा स्वदेश फर्किने तयारीमा रहेका हजारौं श्रमिक अ'लपत्र पर्नुको साथै मलेसियामै विभिन्न कारणबस मृ'त्यु भएका करिब तीन दर्जन भन्दा बढी नेपाली श्रमिकहरुको श'व पनि यतै अस्पतालमै अ'ड्किएर बसेको छ।

पछिल्लो केहिदिनदेखि नेपाल सरकारले अधिक नेपाली श्रमिकहरु कार्यरत मुलुक मलेसिया , युएई, टर्की,कतार,साउदी अरेबिया लगायतको मुलुलमा रहेका नेपाली श्रमिकको लागि हवाई उडान खुलाउने भनेता पनि कुन दिनदेखि सञ्चालन गर्ने भनेर मिति तोकिसकेको छैन। जसले गर्दा विदेशमा रहेका नेपालीमा झन अ'न्यौलता बढेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post