दुई वर्षभित्र हामी दुध उत्पादनमा आत्मनिर्भर बन्छौ : मन्त्री अर्याल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने बताउनुभएको छ । विश्व दूध दिवशको अवसरमा दूग्ध राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

हाम्रो प्राणको सुरुवात दूधबाट भएको भन्दै उहाँले अबको दुई वर्ष भित्र दूधमा आत्मनिर्भर बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबको दुई वर्षभित्र हामी दुधमा आत्मनिर्भर बन्छौं । प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गछौं ।’

मन्त्री अर्यालले दूग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको समेत बताउनुभयो । दूग्ध क्षेत्रमा भएका तमाम समस्या समाधानतर्फ मन्त्रालय लागिरहेको भन्दै उहाँले दुध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘दूग्ध क्षेत्रमा भएका समस्या समाधानतर्फ हामी लागिरहेका छौँ । ती समस्या समाधान भएनन भने दूध दिवस मनाएको कुनै औचित्य हुनेछैन ।’

मानव जीवनमा दुधको ठूलो महत्व रहेको भन्दै मन्त्री अर्यालले दुग्ध क्षेत्रको समवद्र्धनमा सबैको संकल्प जरुरी रहेको समेत बताउनुभयो । कोभिड १९ महामारीले दूग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उहाँले यस विषयमा मन्त्रीपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताउनुभयो ।

मन्त्री अर्यालले सरकारले दुध नीती अगाडी बढाएको भन्दै अहिलेको हसहज परिस्थतीलाई विषेश अवस्थाको रुपमा बुझेर धैर्यता गर्न समेत किसानहरुलाई आग्रह गर्नुभयो । ‘हामी सामाजिक दूरी कायम राखेर आफ्ना गतिविधी संचालन गर्ने ठाउँमा छौं । असहजतालाई विशेष अवस्थाको रुपमा बुझेर धैर्यता गर्नुपर्छ ।

किसान दाजु भाइले पनि हेक्सा राख्नुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘व्यवसायबाटै पछि हट्ने सोंच बनाउनु हुदैन । डिडिसीबाट प्रस्ताव गएको छ । भुक्तानीसँग सम्बन्धित निर्णय हुन्छ । हामीले दूध नीति अगाडि बढाएका छौं । संस्थानमा पनि नयाँ पदाधिकारी नियुक्ती गरेका छौं । नयाँ कार्यक्रम अगाडि बढाइरहेको अवस्था छ ।’

दुग्ध क्षेत्रमा रहेका तमाम समस्या समाधान गरेर अगाडि बढ्ने बताउदै उहाँले सरकार समस्याप्रति संवेदनशील भएर अगाडि बढ्ने बताउनुभयो । डिडिसीले दैनिक एक लाख लिटर दुध संकल गर्नुुपर्ने अवस्था भएपनि अहिलेको अवस्थामा ९० हजार लिटर दैनिक दुध संकलन गर्दै आएको भन्दै उहाँले बजार खुलेपछि खपत बढाउने गरी काम गर्न निर्देशन दिनुभयो ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post