मागेको कुरा २ घण्टा भित्र पुरा हुने बिश्वको अनौठो मन्दिरको महिमा पुरा पढी शेयर गरौ

मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ।४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो पनि पढ्नु होस्

१६ जेठ, बुटवल । थाइल्याण्डमा बस्दै आएका नेपाली भिक्षु सुगन्धको पहलमा थाई राजपरिवारले नेपाललाई एक जहाज स्वास्थ्य सामग्री पठाएका छन् । थाइल्यान्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातीले व्यक्तिगत रुपमा कोरोना संक्रमणविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री पठाएका हुन् ।

थाई राजपरिवारले १० लाख थान सर्जिकल मास्क, ११ हजार ५२० थान पीपीई गाउन, १० हजार जोडि लेग कभर, १० हजार थान सर्जिकल क्याप, ५ हजार थान फेसशिल्ड, २० हजार युनिट रेपिड एन्टिजेन युनिट, ६ सय थान अक्सिमिटर, १५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बोडिब्याग, ३० थान अक्सिजन नाजल र ८ थान अक्सिजन कसन्ट्रेन्टर नेपाल सरकारलाई सहयोग स्वरुप पठाएका हुन् ।

उक्त सामग्री थाई एयरमार्फत आइतबार त्रिभुवन विमानस्थलमा आइपुगेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

भिक्षु सुगन्धले सुझाव दिएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले थाई नरेशलाई सहयोगको लागि पत्राचार गरेको र उक्त पत्रपछि थाई नरेशले खुशीसाथ नेपाललाई सहयोग गरेको सदस्य सचिव शाक्यले बताए । ‘भिक्षु सुगन्ध थाइल्यान्डको राजपरिवारको अत्यन्तै निकट भएकाले पत्राचार गरे लगत्तै स्वास्थ्य सामग्री आएको हो,’ शाक्यले भने ।

थाइल्याण्डबाट आएको स्वास्थ्य सामग्री आइतबार नै नेपालका लागि थाई राजदूत भासिता भोरासाफले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले थाई राजपरिवारलाई धन्यवाद दिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post