कक्षा १२ को परीक्षा : आन्तरिक मूल्याङ्कनबाट हुने सम्भावना कम

विद्यालय तहको अन्तिम परीक्षाका रूपमा रहेको कक्षा १२ को परीक्षाको सम्बन्धमा असार १५ गतेपछि निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार कक्षा १२ को परीक्षाका सम्बन्धमा असार १५ गतेपछि मात्रै निर्णय 

विद्यालय तहको अन्तिम परीक्षाका रूपमा रहेको कक्षा १२ को परीक्षाको सम्बन्धमा असार १५ गतेपछि निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार कक्षा १२ को परीक्षाका सम्बन्धमा असार १५ गतेपछि मात्रै निर्णयउनले भने, ‘कक्षा १२ भनेको विद्यालय तहको अन्तिम परीक्षा हो । त्यसकारण यसलाई अलि विशेष रूपले हेर्नुपर्ने हुन्छ । हामी परीक्षा कसरी लिने भन्ने सम्बन्धमा छलफल गरिरहेका छौँ । यसका लागि अब कम्तीमा असारको १५ गतेसम्म कुर्नुपर्ने हुन्छ । त्यसपछि हामी कुन मोडालिटीमा कसरी परीक्षा लिने भनेर निर्णय गर्नेछौँ ।’

कक्षा १२ को आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन हुने सम्भावना कति छ भन्ने रातोपाटीको प्रश्नमा सदस्यसचिव अर्यालले यसलाई फरक रूपले हेर्नुपर्ने बताए । अर्यालले भने, ‘कक्षा १२ भनेको विद्यालय तहको अन्तिम कक्षा र परीक्षा हो । कक्षा १२ पछि नै विश्वविद्यालयको पढाइ सुरु हुने, एमबीबीएस, बीएससी नर्सिङ लगायतका उच्च शिक्षा तथा विदेशमा अध्ययनका लागि जाने भएकाले क्वालिटी कन्ट्रोलको विषय पनि हुन्छ । त्यसकारण आन्तरिक मूल्याङ्कनबटै नतिजा प्रकाशन गर्ने कुरा केही जटिल छ । यद्यपि हामी यतिबेला परीक्षाको मोडालिटीको सम्बन्धमा छलफल गरिरहेका छौँ ।’

तर फेरि पनि सङ्क्रमण दर बढेको र लकडाउन लम्बिएको अवस्थामा के होला त भन्ने प्रश्नमा उनले गत वर्ष मङ्सिरमा परीक्षा गरेको बताए । तर यसपटक मङ्सिरसम्म कुर्नु नपर्ने भन्दै आफूहरू सकेसम्म भौतिक रूपमै विद्यार्थीले लेखेर परीक्षा दिने व्यवस्था गराउन लागिपरेको बताए । त्यो अवस्था नआएमा पनि विद्यार्थीले कुनै न कुनै विधिबाट परीक्षा दिएरै नतिजा प्रकाशन गर्ने गरी काम गरिरहेको सदस्यसचिव अर्यालले बताए ।

विद्यार्थीको परीक्षा लिनैपर्छ : शिक्षाविद् डा. महाश्रम शर्मा

शिक्षा सेवामा २९ वर्ष र शिक्षण पेसामा ७ वर्ष बिताएका शिक्षाविद् डा. महाश्रम शर्मा पनि आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गर्न नहुने बताउँछन् । कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएको कारणले पनि आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गर्दा पछि समस्या आउने सक्ने बताउँछन् ।

लकडाउनका कारण कतिपय विद्यार्थीहरू एक स्थानबाट अर्को स्थानमा पुगेको भन्दै अहिले विद्यार्थी जुन स्थानमा छन्, त्यही स्थानबाटसमेत परीक्षा दिने व्यवस्था मिलाउनुपर्ने शर्मा बताउँछन् । उनी भन्छन्, ‘अब तत्कालै लकडाउन खुले त ठीकै होला । तर लकडाउन नखुलेको अवस्थामा विद्यार्थीहरू गाउँघर वा अन्यत्र कतै गएका हुन सक्छन् । त्यसकारण उनीहरू जुन स्थानमा छन्, त्यही स्थानको विद्यालयबाट भए पनि परीक्षा लिने वातावरण चाहिँ मिलाउनुपर्छ ।’

परीक्षा नै नलिई आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेमा विद्यार्थीमा गर्वबोध गर्ने वातावरण नै नबन्ने शर्मा बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीलाई पनि महसुस हुनु प¥यो । मैले परीक्षा दिएर, मलाई जाँचेर नै सर्टिफिकेट पाएको हो भन्ने गर्व विद्यार्थीमा हुनुपर्छ । त्यसबाहेक परीक्षा नै नलिई त्यत्तिकै नतिजा प्रकाशन गर्दा भोलि उच्च शिक्षा र अध्ययनका लागि अन्य देशमा जाँदा पनि समस्या पर्न सक्छ ।’

छिमेकी देश भारतमा पनि अधिकांश परीक्षा बोर्डले भौतिक रूपमै परीक्षा लिएर नतिजा प्रकाशन गर्ने भन्दै कुरिरहेका छन् । भारतमा करिब ७० वटा उच्च माध्यमिक शिक्षा दिने बोर्ड रहेको भन्दै भारतमा सीबीएससी बोर्डले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गर्ने भने पनि अन्य सबै बोर्डहरू पर्ख र हेरको अवस्थामा रहेका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post