अर्को वर्षसम्म फेसबुक म्यासेन्जर प्रयोग नगर्न विज्ञको आग्रह, कारण यस्ताे छ

काठमाडौं । साइबर सुरक्षा विज्ञ ज्याक डाेफम्यानले अर्को वर्ष (२०२२) सम्म लाेकप्रिय च्याट एप फेसबुक म्यासेन्जर प्रयोग नगर्न आग्रह गरेका छन् । अहिले फेसबुक म्यासेन्जर प्रयोग गरी च्याट गर्नु भनेको जाेखिममा पर्नु हो भन्दै उनले इन्ड-टु-इन्ड इन्क्रिप्सन लागू नहुँदासम्म यसबाट टाढा रहन सुझाएका हुन् ।

‘तपाईंले आफ्ना व्यक्तिगत कुराकानी ह्वाट्सएप, सिंगललगायतका सुरक्षित एपबाट गर्न सक्नुहुन्छ,’ डोफम्यानले फाेर्ब्समा लेख लेख्दै भनेका छन, ‘सुन्दा अच्चम्म लाग्न सक्छ । तर, यो यथार्थ हो । अहिले दुई डिभाइसबाट म्यासेन्जरमा हुने कुराकानी तेस्राे पक्षले पहुँच राख्न सक्छ ।’

उनले लेखेका छन्, ‘हामी धेरैलाई थाहा नहुन सक्छ फेसबुक म्यासेन्जरमा हालसम्म इन्ड–टु–इन्ड इन्क्रिप्सन सेवा स्वतः रुपमा लागू गरिएकाे छैन । तपाईंले आफैंले सेटिङमा गएर यसलाई प्राइभेट कन्भर्सेसन गर्न भने सक्नुहुनेछ । तर, यो फिचर ग्रुप च्याटमा छैन ।’

यो सुरक्षा कमजोरीको विषयमा फेसबुक कम्पनी पनि जानकार छ । केही समय अघिमात्रै उसले म्यासेन्जरमा पनि इन्ड–टु–इन्ड इन्क्रिप्सन सर्भिस उपलब्ध गराउने घाेषणा गरेकाे छ । याे फिचर आगामी वर्ष २०२२ मा प्रयोगकर्तामाझ उपलब्ध हुने अपेक्षा गरिएको छ ।

त्यति बेलासम्म सुरक्षाका लागि फेसबुक म्यासेन्जर जाेखिम नै रहेकाले डोफम्यानले यसकाे प्रयाेग नगर्न सुझाव दिएका हुन् । टेकपानाबाट

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post