१३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गरिने, कोभिडबाट मृत्यु भएका सन्तानलाई छात्रवृत्ति

सरकारले १३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गर्ने भएको छ।

शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रसुवा, महोत्तरीलगायतका १३ जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्ने जानकारी दिए।

यस्तै उनले शहीद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने जानकारी दिए।

आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याइने भन्दै मन्त्री पौडेलले नेपाल टेलिभिजनबाट शैक्षिक च्यानल सञ्चालन गरिने पनि बताए ।

चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको विस्तार गरी कक्षा कोठा निर्माण प्राविधिक शिक्षकको व्यवस्था, शिक्षक तालिम, स्वयंसेवक शिक्षक परिचालन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि ल्याव, खेल मैदान र खेल सामाग्रीको व्यवस्था लगायतका शैक्षिक पूवार्धार र गणुस्तर अधिवृद्धि कार्यक्रम सञ्चालन गरिने छ।

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post