औषधि व्यवस्था विभागले एक वर्षमा गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने २३ कारखानालाई कारबाही गरेको छ।
गत साता मात्रै ललितपुरमा हजारौँ लिटर विषाक्त स्यानिटाइजर बरामद भएपछि गुणस्तरयुक्त स्यानिटाइजर पहिचान गरेर मात्र प्रयोग गर्न विभागले सूचित गरेको छ।
कसरी चिन्ने त गुणस्तरयुक्त स्यानिटाइजर? खराब स्यानिटाइजरले स्वास्थ्यमा के असर गर्छ?
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक डा. सजनलाल स्याउला मेथानलयुक्त स्यानिटाइजरको प्रयोगले ज्यानै समेत जान सक्ने बताउँछन्।
हेर्नुहोस् कमल परियारले बनाएको एक भिडिओ।
