आज २०७८ जेठ १२ गते बुधवारको राशिफल हेर्नुहोस्

आज १२ जेठ २०७८, बुधवार
शिव भाद्र अनुराधा , बुद्ध जयन्ती, उभौली पर्व


मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज झुटबोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चञ्चलता र छटपटी बढ्नाले मन कमजोर रहला ।

वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आज नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हा

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाइनेछ वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज चोटपटकको भय छ सचेत रहनुहोला स्वास्थ्यमा समस्या आउला अत: स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

कन्या : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा सफलता मिल्नेछ ।

तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् मङ्गल कार्यको योजना बन्ने योग छ । चिन्ता छाडेर मनन चिन्तन गर्ने समय छ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

आज दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आज अधुरो कामको थालनी हुनसक्छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्राविधिक र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर : भो,जा,जि,जु,जे,जो,ख,खि, खु, खे, खो, गा, गि

आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ र नयाँ कार्यको थालनी हुन सक्छ ।

कुम्भ :  गु, गे, गो, सा, सि, सु, से, सो, दा

आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । पारिवारिक सुख पनि मिल्नेछ ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।
Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post