पोखरामा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाइयो

प्रतिनिधि सभा विघटनको विरोधमा नेविसंघ नेविसंघ कास्की क्षेत्र नम्बर १ ले लेखनाथको तालचोकमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएर विरोध प्रदर्शन गरेको छ । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ कास्की क्षेत्र नम्बर १ का सभापति सागर रानाभाटले प्रधानमन्त्री र राष्ट्रपतिले देशको लोकतन्त्र सिध्याउने र देशलाई दुर्घटनातर्फ लैजान खोजिएको बताए ।


कार्यक्रममा आफ्नो धारणा राख्दै नेविसंघ कास्कीका पूर्व सभापति कल्याण बाबु भण्डारीले ओली र विद्याले यो देशलाई दाउमा राखेर आफ्नो सत्ता टिकाउने खेलमा लागेको र देशको स्वाभिमान पनि बेच्न तयार भएको आरोप लगाए ।
Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post