भियतनाममा भेटियो कारोनाको अर्को नयाँ रुप, हावाको माध्यमबाट तीव्र रुपमा फैलिन्छ

बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र भारतपछि यतिबेला भियतनाममा पनि कोरोना भाइरसको नयाँ रुप देखिएको छ।


भियतनामका स्वास्थ्यमन्त्री विएन थान लङले शनिबार आफ्नो देशमा कोरोनाको नयाँ प्रकार भेटिएको बताएका हुन्।

यो भेरियन्ट बेलायत र भारतसँग मिल्दोजुल्दो भएको तर यो हावाको माध्यमबाट सबैभन्दा छिटो फैलनसक्ने कोरोना भएको जानकारी दिइएको छ।

भियतनाम गतवर्ष कोरोना भाइरसको प्रभाव रोकथाम गर्न सफलमध्ये एक राष्ट्र थियो। तर नयाँ प्रकारका कारण यसबेला भने सरकारलाई कोरोना नियन्त्रण गर्न निकै मिहिनेत गर्न परिरहेको छ।

‘हामीले पछिल्लो समय केही संक्रमित व्यक्तिको नमूना संकलन गरेर जिनोम सिक्वेन्सिङ गरेका थियौं। यस दौरान हामीले नयाँ प्रकारको भेरियन्ट फेला पार्यौ’ रोयटर्सका अनुसार स्वास्थ्यमन्त्री विएन थानले भनेका छन्,‘यो भारत र बेलायतमा पाइएकोजस्तै भेरियन्ट हो।’

योसँगै हालसम्म भियतनाममा ८ प्रकारको भेरियन्टको भाइरस सक्रिय भएको पत्ता लागिसकेको छ।

नयाँसँगै भियतनाममा B.1.222, B.1.619, D614G, B.1.1.7 (बेलायती भेरियन्ट), B.1.351, A.23.1 र B.1.617.2 (भारतीय भेरियन्ट) सक्रिय छ।
Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post