सुर्खेतमा गाडी दुर्घटना हुँदा ३ जनाको गयो ज्यान १३ जना घाइते

सुर्खेत: कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको गाडी सुर्खेतमा दुर्घटनामा पर्दा १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, यो गाडी दैलेखबाट सुर्खेततर्फ आउँदै गर्दा शुक्रबार दैलेख र सुर्खेतको सीमामा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले दिएको जानकारी अनुसार, घाइतेहरूको उद्धार गरी उपचारका लागि वीरेन्द्रनगर ल्याइँदैछ। गाडी सडकबाट तल खसेको बताइएको छ। यद्यपि, गाडीमा कति जना सवार थिए र दुर्घटना कसरी भयो भन्ने कुरा अझै खुल्न बाँकी रहेको उनले जानकारी दिए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post