जात्रा हेर्न गएका युवकको भीरबाट लडेर गयो ज्यान मृत फेला

दार्चुला: मालिकार्जुन गाउँपालिका–८ सल्याडीका ३५ वर्षीय शंकरसिंह धामी मृत फेला परेका छन्। उनले मालिकार्जुन–६ पनेबाजमा आयोजना गरिएको चौड जात्रा हेर्न गएका थिए। प्रहरीका अनुसार मंगलबार बिहान उनी पनेबाज नजिकै भीरबाट लडेर मृत अवस्थामा भेटिएका हुन्।

धामी सोमबार साँझ अबेरसम्म घर नफर्केपछि उनका आफन्तहरूले खोजी कार्य थालेका थिए। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी कान्तिराज जोशीका अनुसार भीरबाट लडेर मृत्यु भएको अनुमान गरिएको छ। शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post