बसको ठक्करबाट एक जनाको गयो ज्यान दुई जना गम्भीर घाइते

चितवनको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

खैरहनीबाट टाँडीतर्फ गइरहेको बसले मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार तीन जना मध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

दुर्घटनामा परेका रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। सोही दुर्घटनामा गम्भीर घाइते भएका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामाको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनामा संलग्न बसका चालकलाई नियन्त्रणमा लिएको छ।

यस घटनाले पुनः पूर्वपश्चिम राजमार्गको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता जन्माएको छ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post