खेतमा घोप्टो परेको अवस्थामा एक जनाको शव फेला

सिरहाको लहान नगरपालिका-३ रघुनाथपुरस्थित लक्ष्मण ललिता कुशवाह माध्यमिक विद्यालय नजिकै एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्र पासमानका अनुसार लहान नगरपालिका-४ बस्ने १८ वर्षीय मोहम्मद इमरान अन्सारीको शव उक्त विद्यालयको ५० मिटर उत्तरतर्फ रहेको जागेश्वर कामतको खेतमा फेला परेको हो।

प्रहरीका अनुसार मृतक अन्सारीको शरीरमा कुनै चोटपटक देखिएको छैन। खेतमा घोप्टो परेर सुतेको अवस्थामा इमरानका दाजु कलाम अन्सारीले शव देखेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार मृतक इमरान लागुऔषध सेवन गर्ने व्यक्ति रहेको बुझिएको छ। घटनाको पूर्ण अनुसन्धान भइरहेको र इमरान कसरी खेतमा पुगेका थिए भन्नेबारे थप जानकारी संकलन गरिँदैछ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post