जीप दुर्घटनामा परी चालकको गयो ज्यान

बागलुङ — बागलुङको ढोरपाटन नगरपालिका–३ टारीमा आज साँझ भएको जीप दुर्घटनामा जीप चालकको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–३, पुर्कोट निवासी ३२ वर्षीय चालक किसान विकको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष खीमबहादुर सुनारले जानकारी दिएका छन्।

लु १ च ६९३८ नंको पिकअप जीपले धान संकलन गर्न टारीस्थित खेततर्फ ब्याक गर्ने क्रममा सन्तुलन गुमाई सय मिटर तल तमानखोलामा खसेको थियो। जीपमा चालक मात्र सवार रहेको र घटनामा अरूको कुनै क्षति नभएको जनाइएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post