भूकम्पबाट आमाको पेटभित्रै मरेको शिशुलाई यसरी शल्यक्रिया गरी निकालियो

शुक्रबार मध्य रातिको भूकम्पबाट घाइते भएकामध्ये ४३ जनाको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार जारी छ।

भेरी अस्पतालमा उपचाररत घाइतेहरूमध्ये आमाको पेटभित्र मरेको शिशुलाई शल्यक्रिया गरी निकालिएको छ।अहिलेसम्म सात घाइतेको अपरेसन गरिएको र ती मध्ये ६ जनाको अवस्था अझै गम्भीर रहेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।

जिल्ला आपतकालीन कार्यालय संचालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार हेमोफेलियाको घाइतेको पनि शल्यक्रिया गरिएको छ। त्यस्तै आइसियूमा भर्ना गरी एक जनाको उपचार जारी रहेको छ।

पहिले सिकिस्त भए पनि हाल सुधाररत घाइतेको संख्या दुई र सामान्य सुधारोन्मुख घाइतेको संख्या ३९ रहेको श्रेष्ठले जानकारी दिएका छन् । बितेको १२ घन्टाभित्र चार जना घाइते भेरी अस्पतालमा थपिए भने एक जना उपचार पछि घर फर्किएको प्रशासनले जानकारी दिएको छ।

सोमबार बिहानसम्म भेरीमा २३ महिला र २० पुरुषको उपचार भइरहेको छ। तीमध्ये ५ वर्ष मुनिका ६ जना, ५ देखि १५ वर्षसम्मका ५ जना, १५ देखि १८ वर्षका ५ जना, १८ देखि ६० वर्षका २२ जना, ६० वर्ष माथिका ५ जना घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post