जाजरकोटमा भूकम्प: रूकुम र जाजरकोटमा मात्रै करिब ५० जनाको गयो ज्या,न

जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ । कान्तिपुरका जिल्ला संवाददाताहरुले त्यहाँ प्रहरी अधिकारी र स्थानीय तहका जनप्रतिनिधिहरुलाई उदृत गर्दै पठाएका विवरणहरुका अनुसार हालसम्म यो संख्या पुष्टी भएको हो ।

रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र हालसम्म २८ जनाकाे मृत्यु भएकाे प्रारम्भिक जानकारी आएकाे छ ।नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार अहिलेसम्म २० जनाको ज्यान गएकोको खबर प्राप्तको बाँकी विवरणहरु आइरहेको छ ।शनिबार राती ३:३० बजेसम्म संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।जाजरकोट भुकम्पका सबै अपडेटहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post