नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु

कालीगण्डकीमा डुबेका आफ्ना छोरा बचाउन नदीमा हामफाल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका-६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे ९ बजे स्याङ्जाको गल्याङ नगरपालिका-७ सेतीवेणीमा शिला दर्शन गर्ने क्रममा भट्टराईका ४ वर्षका छोरा रियान्स कालीगण्डकी नदीमा खसेका थिए । छोरा बचाउन नदीमा हामफालेकी रीतु गम्भीर घाइते भएकी थिइन् । प्रहरीले कालीगण्डकी नदीबाट आमाछोराको जीवितै उद्दार गरेको थियो ।

त्यसपछि उपचारका लागि मिर्मिको कालीगण्डकी अस्पताल पठाइएको थियो । तर डाक्टरले रीतुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह थापाले जानकारी दिए । ४ बालक रियान्सलाई भने थप उपचारका लागि पाल्पाको मिमन अस्पताल पठाइएको छ ।



Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

1 Comments

  1. ठुलो दुखको कुरा हो यसरी पानीमा खसेको छोरालाई बचाउन जादा आमाको मृत्यु भयो कठैबरा कति दुखको कुरा हो आमाको आत्माले बैकुन्ठमा ईस्वारकोरुप पावस् स्वर्ग बास होस् हार्दिक श्रद्धाञ्जली

    ReplyDelete
Previous Post Next Post