पैताला भतभती पोल्छ ? यस्ता रोगका लक्षण हुन सक्छन्



कोही-कोहीलाई पैतला भतभत पोल्ने समस्याले सताउँछ। धेरैले यस
समस्यालाई गम्भीरतापूर्वक लिँदैनन्। आफैँ निको हुन्छ भनी ठान्छन् ।तर, यस्तो
समस्या भएमा लापरबाही गर्नु हुँदैन। यसले शरीरका बाँकी भागमा पनि समस्या
उत्पन्न गर्न सक्छ।



यस्ता छन् पैतला पोल्नुका कारणःशरीरमा भिटामिन ‘बी’, फोलिक एसिड वा
क्याल्सियमको कमी हुँदा पैतला पोल्ने समस्या देखिन्छ।उच्च रक्तचाप भएकालाई पनि
पैतला भतभताउने समस्या हुन्छ। रक्तचाप उच्च हुँदा रक्तसञ्चारमा समस्या हुन
सक्छ। जसले गर्दा छालाका रङमा बदलाव, हातखुट्टाको तापमानमा कमी रहन्छ। यसै कारण
पैतला पोल्न गर्छन्। मिर्गौला सम्बन्धी समस्या भएकाहरूका पनि पैतलामा जलन हुने
गर्छ।थाइरोइड हर्मोनको लेभल कम हुँदा पनि पैतला पोल्छ। साथै, औषधिको साइडइफेक्ट
हुँदा, एचआईभीको औषधि खाँदा र किमोथेरापी गर्नेहरूलाई पनि पैतलामा जलन
हुन्छ।



शाकाहारी खानेकुरा खानेले दूध, दही, पनिरलगायत दुग्ध पदार्थ नियमित खानुपर्छ।
प्रोटिनयुक्त खानेकुरा खानुपर्छ। मांसाहारीहरूले अण्डा, माछा, चिकन, सी फुडबाट
भिटामिन बी प्राप्त गर्न सक्छन् ।लौका काटेर त्यसको गुदी पैतलामा दल्नाले पनि
राहत मिल्छ ।बेसारमा पाइने एन्टी ब्याक्टेरियल तत्वले पनि यस समस्याबाट छुटकारा
दिलाउँछ।



माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा
पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो कृपया सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर
नपर्नुहोला माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी
देखिएमा कृपया तुरुन्त आफ्नो स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोला।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post