भ्युजका लागि ९० किलोको गोही काटेर खाएपछि...

अहिले टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल हुन मानिसहरूले अनेकौँ हतकन्डा अपनाइरहेका हुन्छन् । अरूको ध्यान आफूतिर खिच्न, फलोअर र भ्युज बढाउन सानातिना एयरप्लेन दुघर्टना गराउनेदेखि टेमवर्म सङ्क्रमित माछा खानेसम्म सोच्नै नसक्ने गतिविधिहरू गरिरहेका छन् ।

हालै एउटी चिनियाँ फूड भ्लगरले भ्युज बटुल्नकै लागि ९० किलोको गोही काटेर खाइन् ।चु नियाङ सियाओ हे नाम गरेकी ती युवतिको डोउयिन (टिकटकको चिनियाँ संस्करण)मा ३५ लाख फलोअर छन् । आफ्नो टिकटकमा युवतीले गोहीलाई कसरी मार्नेदेखि यावत् टिप्स दिएकी छिन् । चर्चा बटुल्नै उनले यसो गरिन् । तर अहिले उनको भिडियोमा नकारात्मक टिप्पणीको ओइरो लागिरहेको छ ।

निर्दोष जन्तुमाथि क्रूरता गरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।भिडियोमा सियाओ हेले सुरुमा गोहीलाई बाँधेर बाथरुममा पखाल्छिन् । काट्छिन् अनि छाला तासेर हड्डी छुट्टाउँछिन् । त्यसपछि उनले गोहीको मासुलाई अनेकौँ तरिकाले पकाउँछिन् । यो भिडियो सार्वजनिक भएपछि कयौँले उनलाई डोउयिनबाटै प्रतिबन्ध लगाउनु पर्ने माग गरिरहेका छन् । 

गोहीलाई छाला उद्योगका लागि कृत्रिम रूपमा पालिएको अनि जसरी पनि मारिने नै थियो भन्दै सिआआले आफ्नो बचाउ गरेकी छिन् ।चीनको वन्यजन्तु संरक्षण कानुनका अनुसार चीनमा अधिकारीहरूसँग अनुमति नलिईकन गोहीको मासु पकाउनु गैरकानूनी हो ।

टिकटकका लागि बनाइएको सो भिडियोका लागि सियाओ हे कानुनको चपेटामा आउने देखिन्छ ।चीनमा गोहीलाई कठोर खालको कानुन अन्तर्गत संरक्षित गरिएको छ । भाइरल हुनकै लागि सन् २०२० मा दक्षिण कोरियाका एक चर्चित युट्युबवरले लाइभमै जिउँदो अक्टोबस र स्कुईड खाएकी थिइन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post