भीरबाट खसेर अमेरिकी पर्यटकको मृत्यु

मनाङमा भिरबाट खसेर एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी राहदानी नं. ६८१७४२५ का ६९ बर्षिय चार्ल्स केथ डेभिज रहेका छन् ।

उनी बुधबार श्रीमती वेथ एन फोड्रियत, गाईड, चालक र पोटर सहित बा ६ च ७५६ नम्बरको ल्याण्ड क्रुजर गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै थिएबेसीशहर–चामे सडकखण्ड अन्तर्गत मनाङको नासोँ गापा–३

 खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा राती करिब १० बजे उनी सडकबाट करिब सय मिटर तल मर्स्याङ्दी नदि किनारमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उनलाई राती सवा १ बजे उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे लगिएको थियो ।राती करिब ३ बजे अस्पताल लगिएकोमा सवा ३ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, मनाङका सूचना अधिकारी इन्स्पेक्टर पुष्कर कार्कीले जानकारी दिए ।

डेभिजको शवलाई पेष्टमार्टमको लागि एयर डाइनेष्टी हेलिकप्टर मार्फत् विहीबार दिउँसो सवा ३ बजे टिचिङ अस्पताल काठमाडौं लगिएको छ ।उनको श्रीमती, गाईड र पोटर हेलिकप्टरमै फर्किएका छन् ।

श्राेतः तगारो न्यूज
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post