श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

झापाको दमकमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–१ डेरागरी बस्ने सुनिता सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

असोज २५ गते बिहीबार राति ११ बजे इलामको फाकफोकथुम घर भई दमक–१ मा डेरा गरी बस्दै आएका २२ वर्षीय दिनेश सुनुवारले मादक पदार्थ सेवन गरी २१ वर्षीया श्रीमती सुनिता सुनुवारलाई कुटपिट गरेका थिए ।

श्रीमनको कुटाइबाट घाइते भएकी सुनिताको दमक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच, घटनामा संलग्न सुनुवारलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post