धनगढीका बिनाडी दुर्घटनामा अस्ताए, उद्धार भएको भए बाच्थे !

धनगढीमा दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ। धनगढी उपमहानगरपालिका-५ तारानगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका श्याम बिनाडीको दुर्घटनामा मृत्यु भएको प्रहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २८ वर्षीय बिनाडी सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ७६७८ नम्बरको मोटरसाइकल रुखमा ठोकिएको हो।

उता ट्राफिक प्रहरी कार्यालय कैलालीले पनि सालको रुखमा राति मोटरसाइकल ठोक्किएर दुर्घटना भएको बताएको छ। प्रहरीका अनुसार राति तारानगरस्थित यातायात कार्यालय पछाडीको सुनसान अध्यारो बाटोमा मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किई झाडीमा पसेको थियो।

राति दुर्घटना भएकोमा उद्धार हुन नसकेपछि उनको निधन भएको बताइएको छ। आज बिहान ६ बजेतिर मर्निङवाकमा जाने स्थानीयहरुले शव देखेका थिए। अहिले प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post