हमासले हानेको ग्रिनेडको छर्रा बोकेर नेपाल फर्किएका धनबहादुर


हमासको आक्रमणपछि इजरायलमा अलपत्र परेका २५३ जना नेपाली विद्यार्थीहरूलाई गत शुक्रबार सरकारले उद्धार गरेर ल्यायो।

स्वदेश फर्किनेमा हमासको आक्रमणबाट घाइते भएका कैलालीको टीकापुर-९, झुंगाका धनबहादुर चौधरी पनि थिए।असोज २० गते हमासले इजरालमाथि आक्रमण गर्दा १० जना नेपालीसहित सयौं मानिसको मृत्यु भयो। सोही आक्रमणमा धनबहादुर पनि घाइते भएका थिए।

हमासले प्रहार गरेको ग्रिनेडको छर्राले लाग्दा उनी घाइते भएका हुन्। छर्राका कारण उनको कम्मरमुनि घाउ भएको छ भने दुबै खुट्टामा छर्रा अड्किएका छन्।घुँडा र कुर्कुचामा चोट लागेका कारण हिँड्न सक्दिनँ।

यताउता गर्नलाई एकजनाको सहारा चाहिन्छ,’ धनबहादुरले सेतोपाटीसँग भने, ‘अब घाउहरू निको भएपछि छर्राहरू निकाल्नुपर्छ भनेर डाक्टरले भन्नुभएको छ। दुबै खुट्टा दुई-दुई वटा गरेर चार वटा छर्रा छन्।’चोटकै कारण धनबहादुर नेपाल आइपुगे पनि आफ्नो घर टीकापुर जान पाएका छैनन्।

सबै साथीहरू घर पुगेर परिवारलाई भेटेको देख्दा आफूलाई पनि कतिबेला घर पुगेर बुवाआमालाई अंकमाल गरौं झैं भएको सुनाउँदै उनी भन्छन्, ‘यो घटनापछि बुवाआमाले केही गर्न सक्नुभएको छैन। बुवा स्कुलमा पढाउनुहुन्छ तर यो घटनाले गर्दा स्कुल जानु सक्नुभएन रे।

पछि मैले आफू ठीक छु भनेपछि एक दिन जानुभयो रे तर एक घन्टा पनि बस्न सक्नुभएन रे।सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत धनबहादुर विश्वविद्यालयको कार्यक्रमअन्तर्गत नै गत महिना आफ्ना साथीहरूसँगै इजरायल पुगेका थिए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post