अनुजद्वारा कुटिइन् चर्चित लोक दोहोरी गायिका तारा थापा

लाइभ दोहोरी गायनमा छोटो समयमै अलग्गै पहिचान बनाउन सफल गायिका तारा थापा कुटिएकी छन् ।उनलाई रीता राउत नाम गरेकी एक युवतीले कुटपिट गरेकी हुन् ।

कुटपिट गर्ने राउत पनि लाइभ लोक दोहोरी गायिका हुन् । आक्रमणबाट थापाको आँखानजिकको भागमा चोट लागेको छ ।गायिका थापाले आफूमाथि रीता राउतले आक्रमण गरेको बताइन् ।

रीता राउत बहिनीले मलाई कुट्नु भयो । आँखानजिक चोट लागेको छ,’ उनले भनिन् ।गायिका थापाका अनुसार, राउतले फोन, एसएमएस गरेर उनलाई जिस्काउने गरेकी थिइन् । आफूलाई यसो नगर्न आग्रह गर्दा उनले चरित्र हत्या गरेको र घटना हुन पुगेको थापाको भनाइ छ ।बहिनीले मलाई फोन, एसएमस गरेर जिस्क्याइरहनुहुन्थ्यो ।

उहाँलाई भेटेपछि बहिनी म त अशक्त मान्छे किन यस्तो गर्नुभएको भनेर सोधेँ । जवाफमा उहाँले उल्टै ‘तिमी चरित्रहीन हौं’ भन्ने जवाफ दिनुभयो,’ घटनाबारे विस्तार लगाउँदै उनले भनिन्, ‘त्यसो भन्दा मलाई बेस्सरी रिस उठ्यो । चरित्रहीन कसलाई भनेको, कुन केटासँग हिँडेको देख्नुभयो भनेर बसेको ठाउँबाट अगाडि सर्न खोजेँ । त्यसक्रममा मेरो हात समातेर उहाँले आक्रमण गर्नुभयो ।

आक्रमणपछि थापाप्रति सहानुभूति प्रकट भइरहेका छन् । रीताले गल्ती गरेको प्रतिक्रिया आइरहेका छन् । तर रीताले अहिलेसम्म अग्रज कलाकारमाथि आक्रमण गरेकोप्रति माफी मागेकी छैनन् ।

अहिलेसम्म रीताले माफी नमागेको र कुनै संवादसमेत नभएको ताराले बताइन् । अनुजद्वारा कुटिए पनि कानूनी उपचारमा नजाने सोच ताराले बनाएकी छन् ।

कुटपिटका कारण आफूलाई पीडा भए पनि आफूभन्दा सानो बहिनी भएकाले माफी दिएको उनको भनाइ छ ।‘उनी र म दुवैमा सरस्वती माताले बास गर्नुभएको छ । मभन्दा सानो बहिनी हो । त्यसैले पीडा भए पनि उसलाई थप पीडा नदिन माफी दिएँ,’ उनले भनिन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post