दसैँको मुखमा ३ दिनको फरकमा अस्ताए दाजुभाई : गाउँ नै शोकमा


अछाम : दशै तिहारको मुखमा हप्ता दिन नपुग्दै सहोदर दुई दाजु भाइको मृत्यु भएपछि गाउँ नै शोकमा परेको छ । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका कालापाटामा भाइको निधन भएको साता दिन नपुग्दै भारतमा रहेका दाइको सवारी दुर्घटनामा मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो ।

स्थानीय चक्र साउँदका २३ वर्षीय कान्छा छोरा अशोक साउँद यही असोज १८ घर नजिकैको जङ्गलमा मृत भेटिएका थिए । कान्छा छोरा अशोकको काजक्रियामै रहेका बेला मजदुरीका लागी भारतमा रहेका अर्का छोराको सवारी दुर्घटनामा परि निधन भएपछि उनीहरूको परिवारमा बज्रपात आइलागेको छ।

कान्छा छोराको काजक्रियामा रहेका बेला जेठा छोरा अन्दाजी ३० वर्षीय तपेन्द्र साउँदको सवारी दुर्घटनामा परि भारतको हैद्रावादमा मृत्यु भएको खबरपछि बुवा चक्र र आमा कुन्ता साउद बेहोस छन् ।

गरिबी र अभावका बिच हुर्काएका छोराहरुमध्य जेठा छोरा र कान्छा छोरा साता दिनको फरक हुन नपाउँदै अस्ताएपछि परिवारमा मात्र हैन गाउँ नै शोकमा डुबेको छ । दसैँको मुखमा आफन्तहरू घर फर्किने र गाउँघर उज्यालो हुने भए पनि कालिका बाच्कोट कालापाटामा भने दिउसै रात परे झैँ भएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post