भिरबाट खसेर १४ वर्षिया बालिकाको मृत्यु

डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ६ अगिडाका गुमी बिककी १४ वर्षिया छोरी निर्मला विकको मृत्यु भएको छ ।

बिहिवार घर नजिकैको भिरमा घाँस काट्ने क्रममा खसेकी विकको घटनास्थलमै मृत्यु भएको वडा सदस्य रमेश खडायतले जानकारी दिएका छन् ।

मृतक विक कक्षा ७ मा अध्ययनरत थिइन ।यश विषयमा जिल्ला प्रहरी कार्यालयमा कुनै जानकारी नआएको प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post