बाख्रा चराउन गएकी एक बालिकाको भीरबाट लडेर मृत्यु

बाख्रा चराउन गएकी एक बालिकाको भीरबाट लडेर खोलामा खसेपछि मृत्यु भएको छ । नरहरिनाथ–३ कुमालगाउँ भराताकी १३ वर्षीया करिष्मा विष्टको गाउँदेखि तल भेरा खोला भीरको किनाराबाट चिप्लिएर खोलामा खसेपछि।

बुधबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए ।शवको पोस्टमार्टमका लागि सदरमुकाम मान्मबाट प्रहरी टोली घटनास्थल गएको छ ।

स्थानीय जनता आधारभूत विद्यालयमा ७ कक्षामा पढ्ने बालिकाको मृत्यु भएपछि विद्यालय बन्द गरिउको शिक्षक सावित्री भट्टराईले बताइन् ।उनी जोखिममा रहेकी बालिका हुन् । कालीकोटमा भीरबाट लडेर बर्सेनि ३०–४० जनाले ज्यान गुमाउने गरेका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post