हृदयघात हुनु अगावै शरीरले दिन्छ यी ८ संकेत, जानिराखौं

पछिल्लो समयमा हृदयघातबाट हुने मृत्यु संसारभरी बढेको छ। अझै युवा अवस्थाका मानिसहरुलाई समेत यसको समस्या गम्भिररुपमा देखिन थालेको छ।

पहिले अलि पाको उमेरका ब्यक्तिलाई हुने यो समस्या अहिले आएर युवा अवस्थामा नै देखिन थालेको छ। आधुनिकताका नाममा बढेको रहन सहन र खान पानको कारणले यस्तो भएको हो।

हृदयघातका लक्षण जुन तपाइले थाह पाउनै पर्छ : हृदयघात हुनु अघि हाम्रो शरीरमा केही अहसजता र लक्षणहरु देखिन्छन्। त्यस्ता लक्षणहरुबारे सचेत हुन सके हृदयघातबाट बँच्न सकिन्छ। हृदयघात हुनु अघि देखिने ८ लक्षणबारे यहाँ चर्चा गरिएको छ।

१) खुट्टा सुनिनु

मुटुमा समस्या हुनासाथ शरीरमा रक्त सञ्चार सहजरुपमा हुन सक्दैन। यसका कारण खुट्टा सुनुने समस्या देखिन सक्छ। यस्तो भयो भने हृदयघातको खतरा बढेको बुझ्नुपर्छ।

२) अपच वा वान्ता

खाएको खाना नपच्ने वा वान्ता हुने समस्या देखिनु पनि मुटुमा सम्या पैदा भएको संकेत हुन सक्छ। हृदयघात हुनु अघि विरामीहरुलाई यस्ता समस्या देखिने विशेषज्ञहरु बताउँछन्।

३) थकान महसुस हुनु

जतिबेला पनि कमजोर अनुभव हुन थाल्यो भने मुटुमा समस्या भएको संकेत हुन सक्छ। जटिल काम गर्दा थकाइ लाग्नु स्वभाविक भएपनि जतिबेला पनि थकान हुनु चाँहि गम्भिर समस्या हुन सक्छ।

४) छाती वा पिठ्यूँमा पीडा

यदि तपाइँको छातीमा निरन्तर दुखाइ अनुभव हुन्छ वा ढाड दुख्छ भने लापरवाही नगर्नुस्। हृदयघात हुनु अघि यस्तै लक्षण देखिने डाक्टरहरु बताउँछन्।

५) स्वास फेर्न कष्ट

यदि तपाइँलाई मुटुको गम्भिर समस्या छ भने तपाइँलाई स्वास प्रस्वासमा पनि समस्या हुन सक्छ। धडकन बढ्नु र स्वास प्रश्वासमा समस्या हुनु पनि मुटुमा गम्भिर समस्याका संकेत हुन्।

६) टाउको, गर्दन वा दाँतमा दुखाइ

निरन्तर टाउको, गर्दन वा दाँतमा पीडा भैरहेको छ भने पनि तपाइँलाई मुटुको समस्या हुन सक्छ। पेटको माथिल्लो भाग दुख्नु वा बाइाँ हात वा गर्दनमा समस्या हुनु पनि हृदयघात अघिका लक्षण हुन सक्छन्।

७) छाति चस्किने

छातीमा दवाव महसुस हुनु वा चस्किनु पनि डरलाग्दो संकेत हो। यसले तपाइँको मुटुमा समस्या हुन सक्ने संकेत गर्छ।

८) तनाव र रिंगटा

तपाइँलाई विनाकारण निरन्तर तनाव भैरहेको छ र रिंगटा पनि आउन थाल्यो भने पनि यो मुटुसँग सम्बन्धित हुन सक्छ । हृदयघात हुनु अघी पनि यस्तो संकेत देखिने विशेषज्ञहरु बताउँछन्। एजेन्सी

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post