टिप्परले ठक्कर दिदा विदुरमा एक पुरुषको निधन

टिप्परले ठक्कर दिदा नुवाकोट विदुरमा एक पुरुषको निधन भएको छ । शनिबार दिउँसो १४:१५ बजे विदुर नगरपालिका वडा नम्बर १० वेत्रावती नजिकै सो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुसार बा.४ ख.४३४२ नम्बरको टिप्परले रसुवा जिल्ला उत्तरगया गाउँपालिका-१ गोगनेका वर्ष ३७ को कामी तामाङलाई ठक्कर दिएको थियोे ।

गाडी ब्याक गर्ने क्रममा गम्भीर घाइते तामाङको उपचारका लागि त्रिशुली अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना पश्चात् स्थानीयको भीड नियन्त्रण गरी चालक वर्ष ३१ का सन्दीप तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको बताइएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post