ट्रकको ठक्करबाट २० वर्षीय वर्षाको गयो ज्यान


पोखरामा हिजो दिउँसो भएको दुर्घटनामा एक युवतीको ज्यान गएको छ । सभागृहचोकमा दिउँसो साढे २ बजे ट्रकले स्कुटरलाई ठक्कर दिँदा तनहुँकी युवतीको मृत्यु भएको हो ।

ज्यान जानेमा स्कुटर चालक तनहुँ म्याग्दे ४, छाङ घर भएकी २० वर्षीया वर्षा कुमाल रहेकी छिन् । बागमती प्रदेश ०३–००१ क ०२६३ नम्बरको ट्रकले वर्षा सवार ग २२ प ७९५१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

बाइक र ट्रक पृथ्वीचाेकबाट सभागृहचोकतर्फ एकै दिशामा अघि बढिरहेका थिए । वर्षा सभागृहबाट घुमेर न्यूराेडतर्फ अघि बढ्ने क्रममा थिइन् भने मालबाहक ट्रक सिधै सिर्जनाचाेकतिर अघि बढेकाे थियाे ।

तीब्र गतिकाे ट्रक ब्रेक नलगाई लापरबाही ढंगले अघि बढेको सिसिटिभी फुटेजमा देखिन्छ ।ट्रककाे टायरले किचेर गम्भिर घाइते भएकी वर्षालाई तत्काल गण्डकी मेडिकल कलेज लगिएकोमा १० मिनेटपछि नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

वर्षको टाउको र ढाँडमा गम्भिर चोट लागेको थियो । ट्रक चालक धादिङ थार्के ८ घर भएका ३४ वर्षीय रामकुमार खतिवडा, ट्रक र स्कुटरलाई प्रहरीको नियन्त्रणमा रहेको डिएसपी जोशीले जानकारी दिए ।

सभागृह चोकमै यसअघि कलेज गइरहेकी पोखरा १५, नयाँ गाउँकी १८ वर्षीया अञ्जना पाइजाको ट्रकले किचेर मृत्यु भएको थियाे । यस्तै, सभागृहचाेकमै बसको ठक्करबाट एक बृद्धाको पनि मृत्यु भएको थियाे। मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ घर भइ लेकसाइड बस्दै आएकी ७५ वर्षीया सुनमाया तिलिजा रहेकी थिइन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post