हार्दिक श्रद्धाञ्जली कठै २७ वर्षीय सुत्केरी महिलाको यसरी भयो दुःखद निधन

<

 खोटाङकी एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको जन्तेढुङ्गा गाउँपालिका वडा नं. ५ चिसापानी छेतुवा भन्ने स्थानकी २७ बर्षिया सुत्केरी अलिशा वि.क. रहेकी छन् । सुत्केरी वि.क.को स्वास्थ्यमा समस्या देखिएपछि उपचारमा विराटनगर लगिएको थियो ।

उनको उपचारका क्रममा विराटनगरको बिराट मेडिकल कलेजमा मृत्यु भएको हो ।विकले गत असार ६ गते दोश्रो सन्तानको रुपमा छोरा जन्माएकी थिईन् । सुत्ेकरी वि.क.लाई छाती दुख्ने र स्वासप्रश्वासमा समेत समस्या भएपछि उपचारका लागि साउन ३१ गते विराटनगर लगिएको थियो 

विराटनगर लगिएर कोशी अस्पतालमा भर्ना गरिएकी वि.क. लाई अस्पतालले अन्यत्र लैजान भनेपछि परिवारले विराट मेडिकल कलेजमा भर्ना गराएका थिए । उनको त्यही उपचारको क्रममा भदौ २ गते मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ ।

पछिल्लो समय विकको परिवार उदयपुर जिल्लाको चौदण्डी नगरपालिका २ माडिबास बस्दै आएका थिए । ईमर्जेन्सीमा राख्दा पनि केहि सुधार नदेखिएपछि कोशी अस्पतालले अन्यत्र लैजान भनेका थिए ।

विराट मेडिकल कलेजमा उपचारका लगि भेन्टिलेटरमा राखिएपनि मेडिकल कलेजले लापर्वाही गर्दा श्रीमती गुमाउनु परेको मृतकका श्रीमान् रमेश वि.क.ले बताए । अस्पतालले भने मृतक अलिशाको मुटुको समस्याका कारण मृत्यु भएको बताएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post