छिमेकीले पिटेर ९ वर्षीय बालकको गरे हत्या

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्थानीयबाट कुटिएका एक बालकको मृत्यु भएको छ। वडा नम्बर ४ ताङतुङ्गेका ९ वर्षीय भुवन विकको शनिबार बिहान मृत्यु भएको हो।

उनी तीन दिनअघि भाद्र ७ गते स्थानीय रामबहादुर बुढाथोकीबाट कुटिएका थिए। कुखुरा चोरेको आरोपमा बुढाथोकीले भुवनमाथि कुटपिट गरेको देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार भाद्र ७ गते कुटिएका भुवनलाई गाह्रो भएपछि शनिबार बिहान जिल्ला अस्पताल सल्ले लगिएको थियो। अस्पताल लगेपछि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए। भुवनलाई २ दिनसम्म स्वास्थ्य संस्था ल्याइएको थिएन।

उनीमाथि कुटपिट गर्ने बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुढाथोकी बोल्न नसक्ने अपांगता भएका प्रहरी निरीक्षक श्रेष्ठले बताए। भुवनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको उनको भनाइ छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post