मानिसको मस्तिष्कमा जिउँदै जुका भेटिए पछि ...

विश्वमै पहिलो पटक एक अस्ट्रेलियाली महिलाको मस्तिष्कमा ८ सेमी (३ इन्च) को जुका जिउँदै भेटिएको वैज्ञानिकहरूले बताएका छन् । बीबीसीमा प्रकाशित समाचार अनुसार गत वर्ष अस्ट्रेलियाको क्यानबेरास्थित एक अस्पतालमा शल्यक्रिया गर्दा बिरामीको क्षतिग्रस्त मस्तिष्कको अगाडिको भाग (फ्रन्टल लोब)बाट धागो जस्तो संरचना निकालिएको थियो।

उनको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार महिलालाई विभिन्न प्रकारका नौला लक्षणहरू देखिएका थिए जुन सामान्यतया देखिन्न । पेट दुख्ने, खोकी लाग्ने र राति पसिना आउने, बिर्सने समस्या र डिप्रेसनमा परिणत हुँदै गएको थियो ।

रातो परजीवी त्यहाँ दुई महिना अघिदेखि रहेको हुनसक्ने अनुमान गरिएको छ । यो केसले जनावरबाट मानिसमा सर्ने रोग र संक्रमणको खतरा बढ्दै गएको पुष्टि हुने अनुसन्धानकर्ताहरूको दाबी छ ।

क्यानबेरा अस्पतालका संक्रामक रोग विशेषज्ञ सञ्जय सेनानायकेले भने, 'त्यस शल्यक्रिया कक्षभित्र भएका सबैजना त्यो देखेर चकित परेका थिए । सर्जनले त्यसलाई निकाल्न फोरसेप समाते र त्यसलाई निकाले जुन ८ सेन्टिमिटरको हल्का रातो रंगको जुगा थियो ।

ओफिडास्कारिस रोबर्ट्सी राउन्डवर्म कार्पेट पाइथन (अजिंगर)मा सामान्यतया देखिने जुका हो । यो गैरविषालु सर्प अस्ट्रेलियाको धेरै भागमा पाइन्छ।

वैज्ञानिकहरूको भनाइमा ती महिलाले आफू बसेको ठाउँनजिकैको तालको छेउमा एक प्रकारको स्थानीय घाँस, वारिगल ग्रिन्स संकलन गरेपछि जुकाको सम्पर्कमा आएको हुनसक्छ।

ती महिलालाई जनवरी २०२१ को अन्त्यमा अस्पतालमा भर्ना गरिएको थियो। पछि गरिएको स्क्यानले मस्तिष्कको दाहिने फ्रन्टल लोबभित्र एउटा असामान्य लिजन पत्ता लागेको थियो । उनको रोगको वास्तविक कारण भने जुन २०२२ मा शल्यक्रियाको क्रममा मात्रै देखियो । 'ओफिडास्केरिस लार्भा मानिसको मस्तिष्कमा पुगेर विकसित भएको तथ्य पहिले रिपोर्ट गरिएको थिएन,' नयाँ संक्रामक रोगहरू नामक जर्नलकी लेखिका डा. मेहराव हुसेनले उल्लेख गरेकी छन्,।

 'मानवमा तेस्रो चरणको लार्भाको विकास उल्लेखनीय छ, किनकि अघिल्लो प्रयोगात्मक अध्ययनहरूले भेडा, कुकुर र बिरालाहरू जस्ता घरपालुवा जनावरहरूमा लार्भाको विकास देखाएको छैन।'

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post