सुन लुट्न छिमेकी महिलाले नै यसरी गरिन हत्या

रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेकी ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या सुनका गरगहना लुटपाट गर्ने लालचले छिमेकी महिलाले नै गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ।हस्तकलीको हत्या स्थानीय २३ वर्षीया सृजना बुढा बोहराले गरेको तथ्य खुलेको रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराइले  बताए।

डिएसपी भट्टराईका अनुसार सृजना हस्तकलीको छिमेकी हुन् भने उनीहरूका बीचमा राम्रो मित्रता पनि थियो।साउन १९ गते राति साढे नौ बजेतिर सृजना सोही मित्रताको फाइदा उठाउँदै हस्तकलीको घरमा गई ढुंगाले टाउकोमा हिर्काइ हत्या गरेको भन्ने खुलेको डिएसपी भट्टराईले बताए।नयाँ मोबाइल र सुनका गरगहना लुटपाट गर्नकै लागि सृजनाले हस्तकलीको हत्या गरेको खुलेको छ,’ भट्टराईले भने, ‘घटनामा थप अरू व्यक्तिको संलग्नता पुष्टि हुन सकेको छैन।

’यसअघि पनि सृजना चोरीमा संलग्नता खुलेको छ,’ भट्टराईले भने, ‘हस्तकलीको हत्यामा सृजनाबाहेक अरू कसैको संलग्नता खुलेको छैन।’आफन्तले ढोका फोडेर हेर्दा बाहिर ताल्चा लगाएको अवस्थामा आफ्नै घरभित्र राति दश बजेतिर बुढाथोकीको शव फेला परेका थिए।

हत्यापछि सृजनाले मोबाइल र सुनको गरगहना लुटेर लगेकी थिइन्। लुटेका गरगहना मुसिकोट–५ टटेलाकी ३० वर्षीया शोभाकुमारी सुनार सोनीको सुन पसलमा लगेर बेचेकी थिइन्।

सुनको सिक्री, एक जोडा कानबाली, सुनको तिलहरी एक थान गालेर बेच्ने र प्रमाण नष्ट गर्ने कार्यमा संलग्न रहेको खुलेपछि सुनार पनि पक्राउ परेकी छन्। गालेको अवस्थामा ती सुनका गरगहना पनि प्रहरीले बरामद गरेको छ।मोबाइल पनि प्रहरीले फेला पारेको छ।पक्राउ परेकाहरूविरूद्ध जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप भएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post