डेढ महिनादेखि हराइरहेकी महिलाको अस्थिपञ्जर यस्तो अवस्थामा भेटियो

कैलालीको लम्कीचुहा नगरपालिका ४ मा एक महिलाको अस्थिपञ्जर फेला परेको छ।

३३ वर्षीया मन्जु रावलको अस्थिपञ्जर फेला परेको स्थानीयहरूले बताएका छन्।

रावल डेढ महिनादेखि बेपत्ता थिइन्।

खुट्टा, मेरूदण्डलगायत शरिरका भाग फेला परेको स्थानीयले जानकारी दिएका छन्।

ढुंगाले चेपेर राखेको अवस्थामा अस्थिपञ्जर फेला परेको हो।

मन्जुलाई श्रीमानतर्फका आफन्तले मारेर जंगलमा फालेको आरोपसमेत लागेको छ। उनको हत्या गरेको हुन सक्ने अनुमान छ।

घटनास्थलमा डोरीसमेत भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरीहरू घटनास्थल गएका छन्।

थप अनुसन्धान गरेपछि मात्रै घटनाबारे विस्तृत जानकारी दिन सकिने प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post