हवाई आक्रमण, हुँदा १६ जनाको मृत्यु


सुडानमा १०० दिनभन्दा लामो युद्धपछि भएको पछिल्लो बमबारीमा मृत्यु भएकासहित युद्धका कारण देशभर कम्तीमा तीन ९०० जनाको मृत्यु भएको छ ।


खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा रहेका सर्वसाधारणका घरमा गोलाबारी हुँदा ‘यस मूर्खतापूर्ण युद्धमा आज १६ जना नागरिकको मृत्यु भएको छ,’ खार्तूमको छिमेकमा रहेर काम गर्ने ‘नेइबरहुड ग्रुप’ले भनेको छ । यो सुडानमा रहेका केही लोकतन्त्र समर्थक ‘प्रतिरोध समितिहरू’ मध्ये एक हो । यसले प्याच इन्टरनेट, भूमि लाइनहरू, वा युद्ध सुरु भएदेखि आफ्नो जीवनलाई जोखिममा राखेर अतिआवश्यकीय सामानको आपूर्तिहरूको प्रवन्ध गर्दै आएको छ ।समितिले एएफपीलाई उपलब्ध गराएको वक्तव्यमा पछिल्लो आक्रमणमा हताहत हुनेको सङ्ख्या अझै स्पष्ट नभएको जनाएको छ ।


स्थानीय बासिन्दा मोहम्मद मन्सुरले एएफपीसँग कुरा गर्दै विस्फोटबाट ध्वस्त भएका घरको भग्नावशेषबाट आठ जनाको शव निकाल्न आफूले सहयोग गरेको बताए । “भग्नावशेष नजिकैको घरमा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ,” अर्की स्थानीय हागार युसुफले भने । 


सुडानमा सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक र्यापिड फोर्स आरएसएफका कमाण्डर मोहम्मद हमदान डग्लोबीच गत अप्रिल १५ देखि युद्ध सुरु भएको थियो ।-(रासस/एएफपी) 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post