इनार सफा गर्ने क्रममा डुबेर एक जनाको मृत्यु


मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मुस्लिम टोलमा खानेपानीको इनार सफा गर्ने क्रममा डुबेर आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ। अब्दुल मल्लिकको जग्गामा रहेको इनार सफा गर्ने क्रममा इनारभित्र डुबेर बेलबारी नगरपालिका–७ का २५ वर्षीय बौका कुमालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार इनारमा खसेर डुबेपछि कुमाललाई घाइते अवस्थामा दिउँसो २स्३० बजेतिर उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। शवलाई कोसी अस्पतालमै राखिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post