अर्घाखाँचीमा मन्दिरको दर्शन गरी फर्कदै गरेको कार दुर्घटना

अर्घाखाँचीको शितगंगा नगरपालिका- २ झोलुंगे पुल नजिकै कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।

तनहुँ आबुखैरेनीबाट सुपा देउराली दर्शनका लागि आएको कार दुर्घटना भएको हो।मन्दिरको दर्शन गरी फर्कने क्रममा झोलुंगे पुल नजिकै कार दुर्घटना भएको स्थानीय सचिन बोहराले जानकारी दिए। गम्भीर घाइते ३ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा समान्य उपचारका लागि बुटवल रिफर गरिएको छ।

यो पनि / काठमाडौंबाट भारतको नयाँ दिल्ली उड्न लागेका एयर इन्डियाको विमानको टायर पञ्जर भएको छ। शुक्रबार १६४ यात्रु र ९ क्याबिन क्रुसहित दिल्ली उड्न लागेको विमान रनवेमा गएपछि टायर फाटेको थियो।


विमानस्थल कर्मचारीका अनुसार उड्ने तर्खरमा रहेको विमानको टायर पञ्चर भएको थाहा पाएपछि रनवेबाट पार्किङमा ल्याइएको थियो।मर्मत सम्भारपछि उक्त विमान शनिबारमात्रै दिल्ली प्रस्थान गर्ने बताइएको छ।
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post