कठै एकैदिन आठ जना आफन्त गुमाएकी ६ वर्षिया श्रेया बुबा आमा खोज्दै रुन्छिन् (हेर्नुहोस्)


बनेपा स्थित अर्किड स्कुलको नर्सरी कक्षामा अध्ययनरत ६ वर्षिया श्रेया तामाङले मंगलबार काभे्रेको बेथान्चोक गाउँपालिका वडा नम्वर ४ चलालगणेस्थानमा भएको बस दु’ र्घटनामा बाबु बुद्ध र आमा कोपिलालाई गुमाउनु पुग्नु भयो । बसमा सँगै यात्रा गरेकी श्रेयाको शरिरभरी सिसा र र’ गत थियो । उनलाई चोटपटक छैन ।

शिर मेमोरियल अस्पतालको बालशाखा मा उनको उपचार भईरहेको छ । उनलाई स्थानीय डिकमान लामाले सकुशल बसबाट उद्धार गर्नु भएको थियो । ‘बसबाट निकाल्ने वित्तिक्कै श्रेयाले बाबुआमाका बारेमा सोध्नु भयो’–स्थानीय डिकमान लामाले भन्नुभयो– ‘शरिरभरी सिसाका टु क्रा र अरु घा ईतेको र’ गत को छिटा उहाँको शरिरमा थियो ।

१७ जनाको वि’ भत्स ह’ त्यामा श्रेया एक्लो बालिका हुन् जसलाई बाबु आमा गुमेको सूचना छैन ।उनको परिवारका ८ जनाको नि’ धन भएको छ । बनेपा ११ का ८ जना र १४ का २ जना गरी १० जनाको नि’ धन हुँदा सिंगो गाउँ शोकमा डु’ बेको छ । दु’ र्घटनामा तेमालका २, बेथान्चोकका २, मण्डनदेउपुर १, ललितपुर १, मकवानपुर जिल्लाका १ एक जनाको नि’ धन भएको छ ।

बुबा आमा दुबै गुमेको खवरले हामी पनि विक्षिप्त छौं, कोठामा सँगै बसेको नाताले छोरी श्रेयाको रेखदेखका लागि अस्पताल बसिरहेको छु’– सिता तामाङले भन्नुभयो–‘बच्चाले बुबा आमा कहिले आउनु हुन्छ भनेर सोधिरहेकी छिन् ।’ अस्पतालमा विद्यालयकी शिक्षिका शुशिला श्रेष्ठ पनि हुनुहुन्छ । उहाँका अनुसार विद्यालयमा ज्ञानी र जिज्ञासु स्वभावकी छात्रा मध्ये श्रेया एक हुन् ।

उनको पढाई तिक्ष्ण छ । २६ बर्षिया कोपिला थांका लेख्नुहुन्थ्यो भने श्रीमान बुद्ध फर्निचरको काम गर्दै आउ नु भएको थियो । कोपिला र बुद्धको एक मात्र सन्तान श्रेया अभिभावक विहिन बन्न पुग्नु भएको छ ।अस्पतालमा उपचारार्थ २३ बर्षिय शेरबहादुर तामा ङले बुबा आमा गुमाउनु भएको छ ।

उहाँको ढाडमा गम्भिर चो’ ट लागेको छ । हेमा तामाङ र आकुर तामाङ दुबैले उक्त घटनामा ज्यान गुमाउनु भएको छ ।तेमाल घर भएकी २९ बर्षिया टिकालक्ष्मी तामाङ र उनका छोरा ९ बर्षिय गुरु लक्ष्मणदास तामाङको पनि नि’ धन भएको छ ।आफन्तको छेवारमा गएकाले मृ’ त्यु हुनेहरु अधिकांश आफन्त छन् । केहि छिमेकी हुन् ।

बनेपा नगरपालिका वडा नम्बर ११ र १४, तेमाल, मण्डनदेउपुर, मकवानपुरबाट आफन्त लिएर गएको बा ३ ख ४३८५ नम्बरको बस मंगलबार विहान ९ बजे बनेपाबाट बेथान्चोक गाउँपालिका वडा नम्बर ५ च्याल्टीमा मुकुल वाईवाको छोरा ११ वर्षका योकेश वाईवाको छेवारमा निम्ता मान्न पुगेको थियो

मामा बनेर गएका आफन्तहरु दिनभर छेवारमा ब्यस्त भई साँझ पौने ६ बजे बनेपा फर्कने क्रममा बेथान्चोक ४ गणेस्थान नजिकै मुल सडकमा प’ ल्टिएको थियो । ‘बसमा ब्रेक लागेन, सिटमै बस्नुस है नआत्तितुनस भनेका थिए, एक्कासी घटघट आवाज आयो । बस पल्टिएको थाहा पाएँऔला दिइरहें कोहि आउन सकेन’–घा’ ईते निरुमाया वाईवाले भन्नुभयो– 

‘बसका चालकले रोक्न खोज्दा ब्रेक नलागेकाले बस प’ ल्टिएको हुन सक्छ । माथि देखि नै बस अडिएन भन्दै थिए । हामीले ड’ रले चि’ च्याउँदा चिच्याउँदै बस प’ ल्टिसकेछ ।’स्थानीय तथा उद्धारकर्मी डिकमान लामाका अनुसार बसको स्पिड सँगै ब्रेक लाग्न नसकेकाले भित्तामा ठो’ क्किएर पनि बल्ड्याङ्क खाएकाले धेरै क्षति हुन पुगेको हो

घा’ ईतेहरु अधिकांश घटनास्थलसम्म आईपुग्दासम्म छेवारमा खाएको खानाका कारण निदाउन थालिसकेका थिए । सह चालक सन्तोष चौलागाईले बस धेरै गतिमा नभए पनि रोक्न खोज्दा खोज्दै पनि ठो’ क्किन गएको हुन सक्ने बताउनु भयो । घा’ ईते मध्ये ४ जनाको स्वास्थ्य अवस्था ग’ म्भिर छ । बालिका श्रेया तामाङ बाहेक अधिकांश उपचार गरिरहेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा कोशिपारीको बस दु’ र्घटना पछि धेरै जनको क्षति हुने गरी भएको यो भुकम्प र को’ भिड पछिको अर्काे ठुलो विपद हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले घाईतेहरुको उद्धार तथा उपचारका लागि कुनै कसुर बाँकी नराखेको बताउनु भएको छ ।

बनेपाको शिर मेमोरियल र धुलिखेल अस्पतालका अलावा राजधानीका अस्पतालहरुमा घा’ ईतेहरुको उपचार भईरहेको छ । घा’ ईतेहरुलाई सान्त्वना दिन तथा मृतकका आफन्तहरुलाई समवेदना प्रकट गर्न जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तिहरु अस्पताल परिसरमा भेला भएका छन् ।

नेकपा एमालेले शो’ क बक्तब्य जारी गरी एमालेका जिल्ला सदस्य रामकुमार तामाङ लगायत अन्य मृतकहरु प्रति भावपूर्ण श्र’ द्धाञ्जली ब्यक्त गरेको छ । साथै शो’ क सन्तप्त परिवारजनमा समवेदना प्रकट गरी घा’ ईतेहरुको निशुल्क गुणस्तरीय उपचारका लागि अनुरोध गरेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post