ट्रकको ठक्करबाट : छोराको मृत्यु, बाउ घाइते

 कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ अर्घाखाँची चोकमा ट्रकको ठक्करबाट १ किशोरको मृत्यु भएको छ । अर्घाखाँची भुमिकास्थान नगरपालिका धनचौरका १४ वर्षीय सम्राट खनालको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

जल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ५२ प ८७८४ नम्बरको स्कुटर लाई लु २ ख ६५०१ नम्बरको ट्रकले बिहीबार ठक्कर दिंदा दुर्घटना एकोको थियो । अर्घाखाँचीबाट देउली मनाएर रुपन्देहीतर्फ आउने क्रममा घटना भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । घटनामा मृतकका बुवा ५२ वर्षीय लक्ष्मण खनाल घाइते भएका छन् ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post