आफ्नै आमाले नवजात शिशुको हत्या गरे पछि....

जन्मनेबितिकै बच्चाको हत्या गरेको आरोपमा सिन्धुपाल्चोकबाट आमा पक्राउ परेका छन् ।नवजात शिशुको हत्या गरेको आरोपमा हेलम्बु गाउँपालिका ५ कल्लेरी बस्ने २२ वर्षीया रबिना तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए।

मंगलबार राति साढे ८ बजे रबिनाले छोरालाई जन्माएपछि घाँटी थिचेर हत्या गरेको डिएसपी बुढाथोकीले बताए।उनले बच्चाको हत्यापछि घरभन्दा ५० मिटर टाढा रहेको सार्वजनिक खरबारीमा खाडल खनेर शिशुलाई पुरेकी थिइन्।

शिशुको हत्यापछि पुरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय हेलम्बुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार रबिनाका श्रीमान तीन वर्षदेखि विदेशमा छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post