आमा समूहद्वारा निर्घात कुटपिट गरेको महिलाको यसरी मृत्यु

धनकुटा घर भएकी धरान १३ मा डेरा गरि बस्ने ४२ वर्षकि उषा राइलाई धरानको आमा समूहले कुटपिट गरेको खुलेको छ । सिलाई बुनाईकाे कार्य गर्ने श्रमिक महिला उषालाई शंकाको भरमा जनजागरण आमा समुहबाट निर्घात कुटपिट गरेको आफन्तले जनाएका छन् ।

विपि अस्पतालमा भेन्टिलेटरमा राखिएकी उषाको आज २ः४० मा मृत्यु भएको प्रहरिले जनाएको छ ।
निर्दोष नफसोस अपराधि नभागेस्” डिएसपि बुद्धले भने । मृतककी छोरी स्मृति राईका अनुसार आफू घरमा नभएको मौका छोपि सामूहिक रुपमा कुटपिट गरेको जनाएकी छिन्। मृतक उषा धरानमा ७२ सालदेखि डेरा भाडा गरी सिलाई बुनाईको काम गरी छोराछोरि पाल्दै आएकि थिइन्।

उनका श्रिमानको समेत मृत्यु भइसकेकाे छ । उषाको समेत मृत्यु भएपछि सन्तान अभिभावकविहिन बनेका छन्।उषाको मृत्यु पछि मृतकका आफन्तले दिएको कर्तव्य ज्यान मुद्दा प्रहरिले दर्ता गरेको छ । उजुरी पश्चात पक्राउ गर्नु जाँदा कुटपिट गर्नेहरु नभेटिएको फरार रहेको धरानका डिएसपि बुद्ध श्रेष्ठले जानकारी दिएका छन्।

डिएसपी बुद्धले भने “ सामूहिक रुपमा कुटपिट गरेको भिडियो प्रमाणको रुपमा पाएका छौ। सबैले त कुटेनन् होला? कस-कसले कुटपिट गरेको हो अनुसन्धान गर्छौ। कुटपिटकाे घटना एक महिना अघिको हो। मृतक उपचार भईसके पछि आज मृत्यु भएको हो। कुटपिटले नै मृत्यु भएको भन्ने आफन्तको भनाई छ हामि अनुसन्धान गर्छौ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post