श्रीमानले हथौडा प्रहार गरी श्रीमतीको यसरी गरे हत्या

दाङमा श्रीमानले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बबई गाउँपालिका १ क्यूरेनी बस्ने ४० बर्षीय श्रीमान लाल बहादुर बोटेले हथौडा प्रहार गरी श्रीमती ३४ बर्षीया खुमी बोटेको हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मान बहादुर बस्नेतले जानकारी दिए ।

शुक्रबार विहान ३ बजे तिर श्रीमान श्रीमतीको घरायसी विवाद हुँदा हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेको र स्थानियले विहान ५ बजे तिर प्रहरीलाई खवर गरेका थिए । श्रीमान बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ । शबलाई पोष्ट मार्टमका लागि तुलसीपुर ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post