हेर्दा सोझा देखिने, यी युवतीको कर्म थाहा पाउँदा तपाईँको होस् उड्ने छ ! हेर्नुहोस्

मानव बेचविखनमा संलग्न भएको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ । झापाको विर्तामोड नगरपालिका–९ की २० वर्षीया लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका–१२ की १९ वर्षीया खुश्बु विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले झापाका १६ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई बिक्री गर्न भारत पु¥याएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । किशोरी र युवतीलाई भारत बिहारको छौंडादानो भन्ने स्थानमा पुर्‍याई बेचबिखन भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले मंगलबार भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी उनीहरुको उद्धार गरेको थियो ।

छौंडादानोमा पुगिसकेपछि मोबाइल फोन खोसेर एउटा कोठामा राखेर भारतकै अन्य स्थानमा पठाउने तयारी भइरहेको समयमा उनीहरुको उद्धार गरिएको थियो ।

किशोरी र युवतीलार्ई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न लक्ष्मी र खुश्बुलाई वीरगञ्ज–१६ ईनर्वा नेपाल–भारत सीमानाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका दुवै जना विरुद्ध मानव बेचबिखन कसूरमा पर्सा जिल्ला अदालतबाट बुधबार सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न अन्य तीन जना व्यक्ति फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

Post a Comment

Previous Post Next Post