जिपमा ब्रेक नलागेपछि भीरबाट खस्दा चालकको नि,धन १४ घा’इते….

पर्बतमा जिप भीरबाट ख,स्दा एक जनाको मृ,त्यु भएको छ। उकालोमा ब्रेक नलागेपछि जिप अनियन्त्रित भई भीरबाट करिब दुई सय मिटर तल खस्दा जिपका चालकको मृ,त्यु भएको छ । 

म्याग्दीको बेनीबाट पर्वतको जलजला गाउँपालिका–४ मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नम्बरको डबल क्यावको बोलेरो जिप दु,र्घटना भएको हो ।

बुधबार साँझ ५ बजेतिर बेनीबाट मल्लाजका लागि छुटेको जिप करिब साढे ५ बजे दु,र्घटनामा परेको हो । घा,इतेमध्ये केहीलाई म्याग्दी अस्पतालमा प्राथमिक उपचारपश्चात् कास्कीस्थित मणिपाल शिक्षण अस्पताल पठाइएको पर्वत प्रहरीले जनाएको छ ।

सो दु,र्घटनामा परी जिप चालक जलजला–२ का ३० वर्षीय डम्मरबहादुर दमाईको मृ,त्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिपमा सवार अन्य १४ जना यात्रु घा,इते भएका थिए । त्यस्तै केहीलाई म्याग्दी अस्पतालमै उपचार भइरहेको प्रहरीले बताए ।

उनका अनुसार सामान्य घा,इते ६ जना म्याग्दी अस्पतालमा सामान्य उपचारपश्चात् डिस्चार्ज भएका छन् । ठाडो उकालोमा जिपको ब्रेक फेल भएर दु,र्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिप सडकदेखि करिब २०० मिटर तल खसेको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post