घर नजिकैको सेफ्टी ट्याङ्कीमा खसेर दुई वर्षीय बालकको मृत्यु,परिवारमा रुवाबासी

धनगढीमा शौचालयको सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–१५ शान्तीकटान बस्ने अमर सार्कीका दुई वर्षीय छोरा धिरज सार्कीको आफ्नै घर नजिक रहेको सेफ्टी ट्याङकीमा खसेर मृत्यु भएको हो ।

सेफ्टी ट्याङ्किमा खसेर घाइते भएका बालकको उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

लमजुङमा निर्वाचन केन्द्रित मिडिया सेन्टर स्थापना:लमजुङको सदरमुकाम वेसीशहरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै आज मिडिया सेन्टर स्थापना गरिएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका विषयवस्तुहरु, मतगणनालगायतका समाचार सञ्चार माध्यममा लैजानको लागि सजिलो होस् भन्ने उद्देश्यले कार्यालय परिसरमै मिडिया सेन्टरको स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले जानकारी दिए ।

पाल पत्रकार महासंघको समन्वयमा उक्त मिडिया सेन्टरको व्यवस्था गरिएको हो । जहाँ पत्रकारलाई बसेर समाचार संकलन गर्ने र सञ्चार माध्यममा पठाउनको लागि वाईफाईको व्यवस्थासमेत गरिएको छ ।

मिडिया सेन्टरले चुनावी गतिविधि र खासगरी मतगणनाको समयमा तत्काल समाचार प्रसारण गर्न सहयोग पुग्ने नेपाल पत्रकार महासंघका अध्यक्ष परमेश्वर अधिकारीले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post