प्रेमी बितेको चार दिनपछि प्रेमिकाले पनि यसरी गरिन आत्मह’त्या

सर्लाहीको हरिवन–११ मा एक जोडीले चार दिनको अंन्तरालमा संसार त्यागेका छन्। हरिवन ११ का २१ वर्षीय रोहित बानियाँले आत्मह”त्या गरेको चार दिनको दिन सोही ठाउँकी २० वर्षीया प्रमिता साहले पनि आत्मह”त्या गरेकी प्र”हरीले जनाएको छ।

इलाका प्र”हरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार गएको शनिबार रोहितले आफ्नै घरमा आत्मह”’त्या गरेका थिए। प्रमिताको शव आज (मंगलबार) बिहान आफ्नै घरको दोस्रो तलामा झु”’ण्डिएको अवस्थामा फे”ला परेको ताम्राकारले जानकारी दिए।

प्रमिताको श”व पो”स्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। एक स्थानीयका अनुसार रोहित र प्रमिता बिगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। तर, दुबै पक्षका अभिभावकले उनीहरुलाई विवाहको अनुमति दिएका थिएनन्।

सोही आवेगमा उनीहरुले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। रोहित र प्रमिता दुबै कक्षा १२ का विद्यार्थी हुन्। घट”नाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ताम्राकारले बताए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post