हिमानी शाह र बालेन साहको भेटवार्तामा के भएको थियो कुराकानी ? हेर्नुहोस् ।

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राजपरिवार सदस्य हिमानी शाहबिच भेटवार्ता भएको छ।कतार राजदूतावासले काठमाडौंको सोल्टी होटलमा फिफा विश्वकप २०२२ को सन्दर्भमा आयोजना गरे को भोजमा सरिक हुन पुगेका मेयर शाह र हिमानी बीच भेट भएको हो ।

भेटमा हिमानी शाहले बालेनलाई काठमाडौंको मेय रमा निर्वाचित भएकामा बधाई दिएकी सचिवालय ले जानाएको छ । युवाहरूले राजनीतिमा हस्तक्षेप गरेको दृष्टान्त पेश गरेकामा उनले धन्यवाद समेत दिएकी थिइन् ।बालेन टिमका एक सदस्यका अनुसार हिमानी शाहले अहिले राजपरिवारभित्र बालेनले गरेको कामको चर्चा हुने गरेको बताएकी थिइन ।

ती सदस्यले भने, ‘हिमानी शाहले पहिले नै भेट्न खोज्नुभएको रहेछ । आज सन्दर्भ परेर भेट भयो । ३–४ मिनेट कुराकानी भएको थियो ।

भेटमा मेयर बालेनभन्दा हिमानीले नै बढी कुरा राखेको सचिवालयको भनाइ छ । ‘काठमाडौं महानगरमा भइरहेको कामको विषयमा धेरै कुरा भयो

राजनीतिको विषयमा खासै कुरा भएन तर उहाँले राजपरिवारमा स्वतन्त्र राजनीतिक शक्तिको चर्चा हुँदा बालेनको विषय सधैं आउने बताउनुभएको थियो’ बालेनको सचिवालयका ती सदस्यले भने ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post